१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


एमालेले राष्ट्रपति पदमा उम्मेदवारी दिने



नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी दर्ता हुने बताउनुभयो । बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहित चार दलको बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनअघि रहेको गठबन्धन ब्युँताउने चर्चा चलेसँगै अध्यक्ष ओलीले सो प्रतिक्रिया दिनुभएको हो । प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा उहाँले राष्ट्रपतिमा शनिबार एमालेले मनोनयन दर्ता गर्ने जानकारी दिनुभयो ।

उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने बेलामा एमाले र माओवादीबीच एमालेले राष्ट्रपति पाउने सहमति भएको दाबी गर्नुभयो ।

पुस १० गते सत्ता गठबन्धनमा राष्ट्रपति एमालेले पाउने सहमति भइसकेकाले एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने जानकारी उहाँले दिनुभयो ।

नेकपा एमालेको सचिवालय बैठक शनिबार बस्दैछ । पछिल्लो राजनीतिक घटना क्रम, राष्ट्रपति निर्वाचन र पार्टीले सञ्चालन गरेका ‘मिसन ग्रासरुट’बारे छलफल गर्न बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ६ : ५३ बजे