राष्ट्रपति निर्वाचन र सरकारबाट बाहिरिने विषयमा छलफल गर्न सतारुढ दल नेकपा एमालेको सचिवालय बैठक आब्हान गरेको छ । एमालेको बैठक बिहान ९ बजे पार्टी कार्यालय ललितपुरमा बस्नेछ । राष्ट्रपति पदका लागि आज उम्मेदवारी मनोनयन हुने भएकोले उम्मेदवारी दिने या नदिने तथा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा बैठकले ठोस निर्णय दिने भएको छ ।
एमाले उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले शुक्रबार साँझ माओवादी केन्द्रसहितका आठ दलले गरेको सहमतिले मुलुकलाई थप राजनीतिक अस्थिरतातर्फ धकेल्ने ठुलो चिन्ता रहेको भन्दै आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारे आजको बैठकले निर्णय गर्ने बताएका छन् ।
सरकारमा बस्ने वा बाहिरीने भन्ने विषयमा आजको बैठकले निर्णय गर्ने भन्दै नेता ज्ञवालीले बालुवाटारको सहमतिले मुलुकलाई थप राजनीतिक अस्थिरतातिर धकेल्ने एमालेमा चिन्ता बढेको जिकिर गरेका छन् ।
प्रतिक्रिया