१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


रीता थापामगर दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध निर्वाचित, शर्मा वरिष्ठ उपाध्यक्ष



राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रीता थापा मगर निर्विरोध निर्वाचित भएकी छन् । धादिङ सदरमुकाममा जारी आठौं केन्द्रीय महाधिवेशनले मगरलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

यता वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित भएका छन् भने प्रथम उपाध्यक्षमा रामजी खाँण, उपाध्यक्षमा क्रमशः सुवास केसी, दीपक खड्का र राधिका हमाल निर्वाचित भएका हुन ।

निर्विरोध निर्वाचित हुनेहरुमा महासचिव शिव हमाल, उपमहासचिवद्धय हरि डाँगी र शिरिष देवकोटा रहेका छन् । अमृता अधिकारी कोषाध्यक्षमा र जमुना राना महिला सचिवमा निर्विरोध भएका छन् ।

उपाध्यक्ष खुल्ला, सचिव भूगोल गण्डकी प्रदेश, सचिव खुल्ला, सहकोषाध्यक्ष खुल्ला, महिला सदस्य, खुल्ला सदस्य, सदस्य भूगोल प्रदेश १, सदस्य भूगोल गण्डकी प्रदेश, सदस्य भूगोल लुम्बिनी प्रदेशका पदमा निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ८ : २९ बजे