१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


प्रधानमन्त्री प्रचण्डको कतार भ्रमण स्थगित



प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अति कम विकसित मुलुकहरूको सम्मेलनमा सहभागी हुन यही फागुन १९ गते कतार जाने कार्यक्रम स्थगित भएको छ । प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरी तिमिल्सिनाले प्रधानमन्त्रीको कतार जाने कार्यक्रम स्थगित भएको जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको सट्टा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ कतार जानुहुने भएको हो । नेपालको बढदो राजनीतिक परिस्थितिका कारण भ्रमण स्थगित भएको हो ।
राष्ट्पति निर्वाचनका लागि उम्मेदवारी दर्ता भैसकेको अवस्थामा प्रचण्डलाई विदेश भ्रमण नगर्न दवाव बढेको हो ।

परराष्ट्रमन्त्रीको भ्रमण स्थगित

यसैबीच परराष्ट्रमन्त्री विमला राई पौड्याल मानव अधिकार परिषद्को बैठकमा भाग लिन आइतबार स्विट्जरल्यान्ड जाने कार्यक्रम रहेकोमा उक्त भ्रमण रोकिएको छ । परराष्ट्रमन्त्रीका प्रेस संयोजक यशोदा अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा भ्रमण स्थगित भएको बताउनुभयो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ८ : ४७ बजे