१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र छ : कांग्रेस नेत्री आरजु राणा



नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र रहेको दाबी गरेकी छिन् । नेपाली सेनाको डेटाहरू टर्की पुग्ने गरेको जानकारी आफूले पाएको भन्दै उनले साइबर सुरक्षामा नेपालले आफ्नै प्रविधि विकास गर्न जरुरी रहेको औँल्याइन् ।

मंगलबार ललितपुरमा नेपाल विद्यार्थी संघद्वारा आयोजित अल नेपाल ह्याकाथन कार्यक्रमलाई सम्बोधन गर्दै सो कुराको दाबी गरेकी हुन् । नेपालले साइबर सुरक्षाका लागि आफ्नै प्रविधि विकास नगरेसम्म नेपालको सुरक्षालगायत सबैखाले तथ्यांकहरू चोरी हुने खतरा रहेको उल्लेख गरिन् ।

‘हाम्रोजस्तो देशमा के हुँदोरहेछ भने हामीले सुरु त गर्‍यौँ, हाम्रो आर्मीको सबै डेटा टर्कीमा देखाइदियो । जर्साबहरूको सबै इमेल देखाइदियो मलाई । पर्सनल इमेल थियो, तर भोलि सुरक्षासम्बन्धी कुनै पनि इमेल अर्को देशबाट सहजै हेर्न सकिन्छ । त्यसैले हामीले साइबर सेक्युरेटीलाई पनि कसरी हेर्ने रु रिसेन्ट्ली सरकारकै वेबसाइट पनि ह्याक भयो । साइबर सुरक्षाका लागि हामीले आफ्नै समाधान खोज्नुपर्छ,’ उनले भनिन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ९ : २८ बजे