३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रदेश समाचार


उच्चस्तरीय संयन्त्रको बैठकले मन्त्रालय टुंगो लगाउने



सतारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको छ ।

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज करिव ५ घण्टाको भेटवार्ता भए लगतै संयन्त्रको बैठक बोलाइएको हो । एमाले अध्यक्ष ओली संयोजक रहेको संयन्त्रमा सत्तारुढ दलका अध्यक्षहरु सदस्य रहेका छन् ।

संयन्त्रको बैठकले मन्त्रालयको भागबण्डा टुंगो लगाउने भएको छ । टुंगो लगाउन बाँकी विषयमा गृहकार्य भैरहेको जनाइएको छ । छिट्टै आवश्यक निर्णय हुने बताएका छन् ।
स्रोतका अनुसार सरकारमा सहभागी हुने दलहरुले पाउने मन्त्रालय संख्या लगभग टुंगिएको छ । साँझ बस्ने बैठकले मन्त्रालय टुंगो लगाउने नेताहरु बताएका छन् । आजै भएको दुुई अध्यक्षको भेटमा राष्ट्पति, उपराष्ट्पति, सभामुख, उपसभामुख लगायतका विषयमा छलफल भएको हो ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ४ : १८ बजे