१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


रुपान्तरणका लागि पार्टी कार्यकर्ता परिचालित हुनुपर्छ : अध्यक्ष ओली



नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको परिवर्तन र रुपान्तरणका लागि पार्टी कार्यकर्तालाई परिचालन गर्ने बताएका छन् । एमाले पार्टी कार्यालय ललितपुर च्यासलमा स्थानीय तह कर्मचारी सङ्घ, नेपालले आज आयोजना गरेको कार्यक्रममा उनले देश र जनताको विकासका लागि कार्यकर्ता प्रयोग गरिने बताए ।

“एमालेले क्षणिक कुरा मात्र सोच्दैन । दीर्घकालीन कुरा सोच्छ”, उनले भने, “हरेक ठाउँबाट पार्टीलाई सकारात्मक योगदान पुर्याउनुपर्दछ ।” उनले एकएक जनालाई सम्झाएर बुझाएर पार्टीमा ल्याउनुपर्ने भन्दै पार्टी कार्यकतालाई सक्रिय, रचना र योजनावद्ध र अनुशासित बनाएर काम गर्न निर्देशन दिए ।

उनले प्रतिफल ल्याउने गरी अनुशासित र योजनाबद्ध तवरले सक्रियता प्रदर्शन गर्न सबैलाई आग्रह गरे । अध्यक्ष ओलीले पार्टीमा आएका नयाँ र पुराना भनेर भेद्भाव पनि नगर्ने बताए । “पार्टीले भेद्भाव गर्दैन । भेद्भाव आफूले आफैँलाई नगरौं”, उनले थपे । यस लेखमा उल्लेख गरिए अनुसार, तपाईं स्मार्टफोन र शीर्ष ब्रान्डहरूमा उपलब्ध डीलहरूको चयन ब्राउज गर्न सक्नुहुन्छ र अन्वेषण गर्न सक्नुहुन्छ। cell phone सेवा योजनाहरू जुन तपाइँको आवश्यकताहरु लाई सबै भन्दा राम्रो सूट गर्दछ।

अध्यक्ष ओलीले राष्ट्रको रक्षा, विकास, सामाजिक न्यायसहितको लोकतन्त्र र सुशासनका निम्ति एमालेमा सबै गोलबन्द भएर काम गर्नुपर्ने बताए । उक्त कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) निकट स्थानीय तह कर्मचारी सङ्घ नेपालका अध्यक्ष हरिकुमार श्रेष्ठसहितको पदाधिकारी एमालेको जनसङ्गठन पेसागत महासङ्घ नेपालमा समाहित भएका थिए । रासस

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ९ : १० बजे