५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गण्डकी


जैमिनी नगरपालिकाको संक्षिप्त परिचय



जैमिनी नगरपालिका वागलुङ जिल्लाको दक्षिण भेकमा रहेको छ । यो नगरपालिका नेपाल सरकारले मिति २०७३।११।२७ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरे अनुसार स्थापना भएको हो । वेदव्यास पुत्र जैमिनी ऋषिले योगसाधना र तपस्या गरेको मानिने पुण्यभूमि जैमिनीक्षेत्रको नामबाट नामाकरण गरिएको यस नगरपालिकाको मध्ये भागमा शास्त्रीय मान्यता प्राप्त जैमिनीधाम रहेको छ । जैमिनी ऋषिको तपस्याका बलले अझै पवित्र वनेको तीर्थस्थल क्षेत्र भएकोले पनि जैमिनी ऋषिकै नाम समेत जोडेर यस नगरपालिकाको नाम जैमिनी रहन गएको पाईन्छ । यस नगरपालिकाको केन्द्र कुस्मीसेरा बजारमा रहेको छ । पवित्र कालिगण्डकीको मध्यभागमा पर्ने यो नगरपालिका कालिगण्डकी कोरिडोर सडकबाट भारत र चिनसँग समेत जोडिएको छ । जैमिनी नगरपालिका साविक गा.वि.स कुश्मीसेरा, दमेक, सर्कुवा विनामारे, अर्जेवा, जैदी, छिस्ती, पैञ्युथन्थाप र राङखानी गरी १० वडामा समेटिएको छ भने जनसंख्या ३१,४३० (ज.ग.२०६८) रहेको छ । यसको क्षेत्रफल ११८.७१ वर्ग कि.मी रहेको छ । यस नगरपालिकाको सिमाना पूर्वमा पर्वत जिल्ला, पश्चिममा गल्कोट नगरपालिका र बरेङ गाउँपालिका, उत्तरमा काँठेखोला गाउँपालिका र वाग्लुङ नगरपालिका तथा दक्षिणमा गुल्मी र पर्वत जिल्लासँग जोडिएको छ ।
जातजाती :-
वाह्मण, क्षेत्री, सार्की, दमाई, कामी, नेवार, मगर, ठकुरी, मुसलमान, गुरुङ,चेपाङ ,बोटे आदि जनजाती यस क्षेत्रमा वसोवास गर्दछन । वाह्मण, क्षेत्री, मगर आदि जातिको वाहुल्यता रहेको छ ।

भाषा:-
वोलचालीको भाषा नेपाली भाषा र आ आफ्नो जात अनुसार विभिन्न जातजातीहरुले मातृभाषा प्रयोग गर्दछन ।

जल सम्पादा:-
कालिगण्डकी, ठेउले खोला टिमुर खोला, काभ्रे खोला, जुम्लीखोला, चौरीखोला, कालुङ्ग खोला, पालुङ खोला, वहिली खोला आदी जल सम्पदाहरु यस नगरपालिका भित्र पर्दछन ।

महत्वपुर्ण उत्पादन:-
कृषि – धान, मकै, गहु, तोरी, मास, भटमास, कोदो, फर्सी, मूला साग, घिरौला, वन्दा, आलु, प्याज, काउली, गोलभेडा, सिमि, वन्दा, सुन्तला, केरा, कागती, लप्सी, निवुवा, पलम, सुरपानी, अम्वा, नासपती ।

औद्योगिक:-
हस्तकलाका सामान, दुध, दहि, पाउरोट उद्योग, दुङ्गाखानी, राङ तामा खानी आदी ।

धार्मिक तथा पर्यटकीय स्थल एवँ सम्पदाहरु:-
गाजाको दह, माइस्थान, जैमिनी घाट, भैरवस्थान, जैमिनी ऋषि शिव मन्दिर, राधाकृष्ण मन्दिर, हाडिकोट आदि धार्मिक तथा पर्यटकीय स्थल रहेका छन । मूख्य शहरी एरिया कुश्मीशेरा, वलेवा, रुम्टा, गाइथुने घाट, ठेउले ,जाडी, व्याडथला, नेपाने, चिलाउने खर्क, सतिदुङ्गा नाम्दुक, डाँडाखानी, देउराली, पुरानो देविस्थान गाँउ आदि पर्यटकीय स्थल रहेको छ । यहाँको खोलानाला वनजं∙गल जडीवुटी खनिज मठमन्दिर तथा ऐंतिहासिक पुरातात्विक स्थलले यहाँको पहिचान दिएको छ ।

नगरपालिका स्थापना हुदाँ गाभिएका गा.वि.स.हरु :-

कुश्मीसेरा, दमेक, सर्कुवा, विनामारे, अर्जेवा, जैदी, छिस्ती, पैञ्यूथन्थाप र राङखानी गा.वि.स.रहेका छन ।

सडक यातायात :-
वागलुङ कुश्मीसेरा छिस्ती कृषि सडक, कालिगण्डाकी कोरिडोर, कुश्मीसेरा दमेक, कुश्मीसेरा वरेङ्ग, दमेक पैञ्युथान्थाप राङखानी सडक, कुश्मीशेरा जैदी, कुश्मीसेरा विनामारे अर्जेवा जैदी छिस्ती जैमिनीघाट कुश्मीसेरा फेदी रायडाँडा बानपा सडक कच्ची सडक आइ रहेका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ८ : ०२ बजे