५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गण्डकी


गल्कोट नगरपालिकाः सँक्षिप्त परिचय



नेपालमा पहिलोचोटी संविधानसभाद्वारा संविधानको निर्माण भई जारी भएको छ । यसले देशलाई एकात्मक तथा केन्द्रीकृत शासन व्यवस्थाबाट संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुककारूपमा रूपान्तरित गरेको छ । नेपालमा व्यवस्था गरिएको ७४४ स्थानीय तह मध्ये बागलुङ जिल्लामा ६ गाँउपालिका र ४ नगरपालिकाको व्यवस्था भएको छ । जसमध्ये एउटा नगरपालिका गल्कोट नगरपालिका पनि हो ।

यी दश स्थानीय तहहरू मध्ये गल्कोट नगरी एक सुन्दर र प्राकृतिक छटाले भरिपूर्ण साथै दरमखोला र गौदी खोलाको किनारमा घुम्टे पहाडको काखमा रहेको प्रचुर सम्भावनायुक्त नगरपालिका हो । कालिलेक, निलुवा, एतिहासिक गल्कोट दरवार र गोलकोत, निउरेको धुरी जस्ता प्राकृतिक छटाहरुले यसलाई झनै आकर्षक र विविधतायुक्त बनाउनुका साथै थप सम्भावनाहरू प्रदान गरेको छ ।

यो नगरपालिका १९४.३९ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको र वि.सं. २०६८ को जनगणना अनुसार ३३०९७ जना मानिसहरु बस्ने थलो हो । र वि.सं. २०७४ को निर्बाचनको तथ्याङ्क अनुसार कुल मतदाता २०११९ जना रहेको छ ।

साविकका दुधिलाभाटी, नरेठाँटी, हटिया, हरिचौर, मल्म, काँडेवास, पाण्डवखानी र रिघा गरि ८ वटा गाँउ विकास समितिहरु मिलि ११ वडाहरु रहेको गल्कोट नगरपालिका बनेको छ । यस नगरमा खस (ब्राह्मण, क्षेत्री, ठकुरी), जनजाति (मगर,नेवार) अल्पसंख्यकहरु, दलितहरु र मुस्लिम जस्ता विभिन्न जात, जाति एवं भिन्दा भिन्दै भाषा, धर्म र संस्कृति भएका मानिसहरूको बसोबास रहदै आएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ८ : २१ बजे