११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


उपराष्ट्रपतिमा यादवलाई सघाउने कांग्रेसको निर्णय



नेपाली कांग्रेसले उपराष्ट्रपति पदको निर्वाचनमा जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवार बनेका रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेको छ । बुधबार सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले संघीय संसद्का सदस्य एवं प्रदेश सभाका सदस्यहरूलाई उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवको पक्षमा समर्थन गर्न निर्देशन दिने निर्णय भएको बताए ।

त्यसैगरी, आगामी वैशाख १० गते हुने चितवन निर्वाचन क्षेत्र २ लगायत उपनिर्वाचन हुने क्षेत्रमा उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्न पार्टीका सम्बन्धित निकायलाई उपयुक्त समयमा निर्देशन गर्ने निर्णय भएको जानकारी दिए ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ७ : ०० बजे