११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


सरकारमा सहभागी हुन एकीकृत समाजवादीको कार्यदल गठन



नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी हुन कार्यदल गठन गरेको छ। कार्यदलमा पार्टी अध्यक्ष माधवकुमार नेपाल, पार्टी उपाध्यक्ष प्रमेश हमाल र पार्टी महासचिव घनश्याम भुसाल सहभागी छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी उपमहासचिव जगन्नाथ खतिवडाले पार्टी सत्तापक्षमा बसिसकेको र सरकारमा जानेबारे छलफल भएको बताए। उनले बैठकमा सरकारमा जाँदा कस्ता नीति कार्यक्रम लिएर जाने भन्नेबारे पनि छलफल भएको बताए।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ७ : ४६ बजे