११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


२०७९ चैत ६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः



–कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमार्फत कृषकहरुलाई उपलब्ध गराइदै आएको रासायनिक मलमा अनुुदानको दरमा कटौती गर्ने निर्णय हाललाई कार्यान्वायन नगर्ने ।

–विद्यालय शिक्षा क्षेत्र कार्यक्रमका लागि यूरोपियन यूनियनबाट प्राप्त हुने ५० मिलियन यूरो (करिव ६ अर्ब ५७ करोड) बराबरको अनुदान सहायता स्वीकार गर्ने ।

–नेपाल र बंगालदेशबिच Sharing of Real Time Hydro–meteorological Data and information for flood Forecasting and Warning को समझदारीपत्र (MoU)मा हस्ताक्षर गर्न स्वीकृति दिने ।

–विद्युत नियमन आयोगका सदस्य श्री रामेश्वरप्रसाद कलवारले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत गर्ने ।

–नेपाल प्रहरीको रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक पदमा श्री बसन्तबहादुर कुँवर, श्री टेकप्रसाद राई, श्री दीपक थापा, श्री श्यामलाल ज्ञवाली र श्री किरण बज्राचार्यको बढुवा गर्ने ।

–प्रमाणीकरण भएका द्वन्द्वकालका अयोग्य लडाकूहरुलार्ई कार्यबिधि बनाइ राहत उपलब्ध गराउने ।

–राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडलाई जयपृथ्वी नगरपालिका १ को करिव २८३ रोपनी सरकारी जग्गा लिजमा उपलब्ध गराउने ।

–नेपाल वन निगम लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा मनबहादुर खड्का, भरतपुर ११ चितवनलाई नियुक्त गर्ने ।

–दूरसञ्चारसम्बन्धी विधेयक तर्जुमा गर्न तयार पारिएको अवधारणापत्र स्वीकृत गर्ने ।

–नेपाली सेनाको Land Force Talks (LFT) को चौथो बैठक नेपालमा सञ्चालन गर्न स्वीकृत दिने ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ८ : ३५ बजे