सत्ता गठबन्धनको संयुक्त सरकारले आफ्ना प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ ।
गत मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा सो कार्यक्रममाथि छलफल भए अनुरप थप परिमार्जन गरेर आज सार्वजनिक गर्न लागिएको जनाएको छ । कार्यदलले तयार पारे अनुसार ९ वटा विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रमबारे पार्टी पदाधिकारी बैठकमा जानकारी दिए अनुसार गठबन्धनको बैठक बसेर अन्तिम रुप दिइनेछ भएको हो । आज बस्ने गठबन्धनको बैठकले अनुमोदन गरे पछि न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुनेछ ।
नेपाली कांग्रेसका रमेश लेखक, नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टी नेपालका राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका विजय पौडेल सम्मिलित कार्यदलले सो नीति तथा कार्यक्रम बनाएको हो ।
तत्कालीन नेकपा एमाले सम्मिलित कार्यदलले बनाएको विषयलाई परिमार्जन गरिएको र नेपाली कांग्रेसका चुनावी एजेन्डालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाइएको बुझिएको छ ।
सरकारले जनताको समस्याका बारेमा केही काम गर्न नसकेको भन्दै आलोचना भएको छ । तर पनि केही राम्रा कामको सुुरुवात भएपनि अनुुभूति भने हुन सकेको छैन ।
प्रतिक्रिया