कर्णाली प्रदेशको राजधानीका रुपमा रहेको यस वीरेन्द्रनगर नगरपालिकाको स्थापना वि.सं. २०३३ सालमा सुर्खेत उपत्यका भित्र पर्ने कटकुवा, गोठीकाडा र जर्बुटा गाउँ पञ्चायत भित्र पर्ने केही भागलाई मिलाएर वीरेन्द्रनगर नगरपञ्चायतका रुपमा रहेकोमा नेपाल सरकारका विभिन्न समयका निर्णय बमोजिम हाल १६ वडामा विभाजन गरिएको छ । नेपालको राजधानी काठमाण्डौं देखि लगभग ६०० कि.मी. उत्तर पश्चिममा समुन्द्री सतहबाट लगभग ६६५ मी. मा अवस्थित यो नगरपालिकाको उत्तरमा महाभारत पर्वतको रानीमत्ता, रातानांङला र दक्षिणमा चुरे पहाडको हर्रे, देउरालीका मनोरम पहाडद्वारा घेरिएको कचौरा आकारमा दक्षिण तर्फ ढल्किएको सानो, न धेरै जाडो हुने न धेरै गर्मी हुने सुन्दर उपत्यका हो । नगरपालिकाको विस्तार अघि ३६ वर्ग कि.मी. क्षेत्रफल ओगटेकोमा हाल न.पा.को कूल क्षेत्रफल २४५.८५ वर्ग कि.मी. रहेको छ । यस नगरपालिका पूर्वमा पाम्का र साटाखानी गा.वि.स., पश्चिममा हरिहरपुर गा.वि.स., कुनाथरी गा.वि.स र लेखगांउ गा.वि.स., उत्तरमा दैलेख जिल्लाको गोगनपानी गा.वि.स., दक्षिणमा भेरी नदी रहेका छन् ।
वीरेन्द्रनगर नगरपालिकमा बसोबासको प्रारम्भ २०२३ सालबाट भएको पाइन्छ । यस भन्दा अगाडि नगरपालिकाको मैदानी भाग (उपत्यका क्षेत्रमा) औलो लाग्ने हु“दा जिल्ला सदरमुकाम गढी गा.वि.स. मा रहेको र उपत्यकामा फाटफुट रुपमा थारु र राजी समुदायको बसोबास रहेको थियो । औलो उन्मुलन भए पश्चात् उपत्यकामा बसोबास गर्न थालियो र सबै सरकारी कार्यालयहरुलाई स्थानान्तरण गरी सदरमुकाम तोकियो ।
वीरेन्द्रनगर नगरपालिकामा औलो उन्मुलन पश्चात् सुर्खेत जिल्लाका विकट पहाडी क्षेत्र लगायत दैलेख जिल्ला र कर्णाली अञ्चलका विभिन्न जिल्लाबाट बसाई सरी स्थायी बसोबास गर्दै आएका व्यक्तिहरुको बाहुल्यता पाइन्छ । ब्राह्मण, क्षेत्री, मगर, थारु, कामी, सार्की, दमाई, दशनामी÷सन्यासी आदि यहा“का प्रमुख जातिहरु हुन् । विभिन्न स्थानबाट बसाई सरी आएकाले यहा“को चालचलन रीतिथिति र स“स्कृतिमा समेत विविधता पाईन्छ ।
वीरेन्द्रनगर नगरपालिकामा वि.सं. २०२२ मा विमानस्थल स्थापना भई नियमित उडान र वि.सं. २०३८ मा रत्नराजमार्ग सडक निर्माण कार्य सम्पन्न भई नियमित रुपमा सडक यातायात सेवा शुरु भए पश्चात् वीरेन्द्रनगर कर्णाली अञ्चलका जिल्लाहरुको प्रवेशद्वारका रुपमा स्थापित भएको छ । कर्णाली अञ्चलमा उपभोग हुने सम्पूर्ण सामग्री वीरेन्द्रनगरबाट जाने हुंदा यो पश्चिम नेपाल कै प्रमुख व्यापारिक एवं शैक्षिक पर्यटकिय केन्द्र समेत बन्न पुगेको छ । यसको पूर्वबाट भेरी नदी र पश्चिमबाट कर्णाली नदी बगेकोले ¥याफ्टीङ् गरी आनन्द लिन आउने पर्यटकहरुका लागि समेत यो आकर्षक स्थलको रुपमा परिणत हुन पुगेको छ ।
पहिले चौहानचौर र २०२९ सालपछि वीरेन्द्रनगरको नामले परिचित यो नगरपालिका नेपालका राम्रा गुरुयोजना भएका नगरपालिका मध्येको एक हो । स्वर्गीय राजा वीरेन्द्रबाट देशको सन्तुलित विकासको निम्ति चार विकास क्ष्ँेत्रमा विभाजन गर्दा वीेरेन्द्रनगर सुदूर पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम घोषणा गरिएको थियो भने हाल मध्यपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकामका रुपमा रहेको छ । वीरेन्द्रनगरको भौतिक विकास योजना स्व. राजा वीरेन्द्रकै निर्देशनमा एक उच्चस्तरीय प्राविधिक टोलीद्वारा तयार गरी २०२९ साल माघ १६ गते वीरेन्द्रनगर नगरयोजना स्वीकृत गरी कार्यान्वयन गरिंदै आएको छ । पेरिस जस्तो सुन्दर शहरको रुपमा विकास गर्ने लक्ष्य लिई बनाइएको वीरेन्द्रनगरको गुरुयोजनालाई मूर्तरुप दिन वीरेन्द्रनगरका विभिन्न क्ष्ँेत्रमा आवश्यक जग्गा अधिग्रहण गरिएको छ । यति खेर वीरेन्द्रनगरका १ देखि १२ वडाको सडक गुरुयोजना कार्यान्वयनमा आइरहेका छ । यस क्षेत्रमा प्रदेशको माग गर्दै भएको आन्दोलनको उपलब्धी र आन्दोलनमा शाहदत प्राप्त शहिदको सपनालाई वीरेन्द्रनगरको परिकल्पना ९ख्ष्कष्यल० “शैक्षिक, प्रशासनिक, पर्यटकीय शहर, स्वच्छ, स्वस्थ, समुन्नत वीरेन्द्रनगर” संग प्रत्यक्ष सम्बन्धित बनाउने दिशामा नगरपालिका जुटेको छ ।
वीरेन्द्रनगरः एक झलक
अवस्थितिः अक्षांश २८०३०’ २२’’ देखि २८०४०’ ४५’’
देशान्तर ८१०३२’ ५’’देखि ८१०४०’ ४५’’
क्ष्ँेत्रफल र जनसंख्या विवरण (राष्ट्रिय जनगणना २०६८ अनुसार)ः
वीरेन्द्रनगर नगरपालिकाको क्षेत्रफलः २४५.८५ वर्ग कि.मी.
सुर्खेत उपत्यका: ८८ वर्ग कि.मी.
वडा संख्या १६
प्रतिक्रिया