राष्ट्रिय स्वतन्त्र पार्टीको चाँगुनारायण नगर कमिटी गठन गरेको छ । चाँगुनाराण नगरपालिका बागेश्वरी हेल्मेटडाडाँमा आयोजित कार्यक्रमबीच भक्तपुर जिल्ला संयोजक रामेश्वर बस्नेतको अध्यक्षयतामा तथा वागमती प्रदेश समितिका प्रवक्ता उत्सव अर्याल र सांसद तथा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारको उपस्थितिमा ११ सदस्य नगर कमिटी गठन भएको हो ।
भक्तपुर जिल्ला संयोजक बस्नेतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको चाँगुनारायण नगर कमिटीको सभापतिमा नयन बास्तोला चयन हुनुभएको छ । बास्तोला मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा लौरो चुनाव चिन्ह लिएर भक्तपुर क्षेत्र नं १ बाट उम्मेदवार बन्नुभएको थियो ।
नगर उपसभापतिमा नारायणी महत भडेल, सचिवमा रोशन थापा र कोषाध्यक्षमा नबिन कार्की चयन हुनु भएको छ । यस्तै, सदस्यहरू अमृता श्रेष्ठ, बिवता भण्डारी, कामना प्रसाई, श्याम बास्तोला, राम गोपाल नायवु, गोकुल गिरि र विकास थापा चयन हुनु भएको हो । भेलामा १ सय ५८ जनाको उपस्थिति रहेको थियो ।
चाँगुनाराण नगरपालिका बागेश्वरी हेल्मेटडाडाँमा आयोजित कार्यक्रमबीच भक्तपुर जिल्ला संयोजक रामेश्वर बस्नेतको अध्यक्षयतामा तथा वागमती प्रदेश समितिका प्रवक्ता उत्सव अर्याल र सांसद तथा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारको उपस्थितिमा ११ सदस्य नगर कमिटी गठन भएको हो ।

प्रतिक्रिया