६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


राजधानीका अव्यवस्थित तार आजबाट हटाइने



राजधानीका अव्यवस्थित तारको व्यवस्थित गर्ने काम आजदेखि सुरु हुने भएको छ । सोमबारदेखि राजधानीको न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार व्यवस्थित गर्न लागिएको हो ।

काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीच आइतबार भएको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरेको थियो । यसअघि काठमाडौँ महानगरपालिकाले १५ दिनको समय दिएर वैशाख २७ भित्र तार व्यवस्थापन नगरे काटिदिने सूचना सार्वजनिक गरेको थियो ।

महानगरको उक्त सूचनापछि इन्टरनेट सेवाप्रदायकले तार काटिए सेवा ‘ब्ल्याक आउट’ नै गर्न चेतावनी दिएका थिए । दूरसञ्चार प्राधिकरणले आइतबार मात्रै सूचना जारी गरेर इन्टरनेट अत्यावश्यक सेवा भएको यसको पूर्वाधारमा क्षति पुग्ने काम नगराउन अनुरोध गरेको थियो । आइतबार भएको बैठकले राजधानीका विभिन्न क्षेत्रमा चरणबद्ध रूपमा तार व्यवस्थापन गर्ने निर्णय गरेको इन्टरनेट सेवाप्रदायक सङ्घ ९आइस्पान० ले जानकारी दिएको छ । सहमति अनुसार झुन्डिएका तार काट्ने र प्रयोग नभएका ५० प्रतिशत तार हटाइनेछ ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ७ : २६ बजे