१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


फरार पूर्वमन्त्री रायमाझीको घरमा प्रहरीबाट छापा



नेपाल प्रहरीले एमाले सचिव एवम् पूर्वउपप्रधान तथा सांसद टोपबहादुर रायमाझीको घरमा छापा मारेको छ । मंगलबार खुमलटार हाइटस्थित रायमाझीको घरमा प्रहरीले छापा हानेको हो। नक्कली शरणार्थी प्रकरणमा सचिव रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो।

पक्राउ पुर्जी जारी भएको एक हप्ता बितिसक्दासमेत रायमाझी पक्राउ परेका छैनन् । तर, आज भने नोपाल प्रहरीको टोलीले उनको घरमा छापा मारेको हो। रायमाझीको घरमा उनको सवारीसाधन भेटिएको थियो। नक्कली शरणार्थी बनाई अमेरिका पढाउने भन्दै विभिन्न विशिष्ठ व्यक्तिहरु पक्राउ पर्न थालेका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ९ : ०१ बजे