१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


कान्तिपुर दैनिकको प्रधान सम्पादकमा उमेश चौहान



कान्तिपुर दैनिकको प्रधान सम्मपादकमा उमेश चौहान नियुक्त भएका छन् । प्रधान सम्पादक सुधीर शर्माले दिएको राजीनामा स्वीकृत गर्दै कान्तिपुर व्यवस्थापनले चौहानलाई आइतबार नयाँ प्रधान सम्पादकको जिम्मेवारी दिएको हो । दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा संलग्न चौहान दुई वर्षदेखि कान्तिपुर दैनिकमा सम्पादकको रुपमा कार्यरत थिए ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले प्रधान सम्पादक शर्माले कान्तिपुरलाई व्यावसायिक पत्रकारिताको उचाईमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । उनले यस्तै व्यावसायिक सफलताको थप उचाईमा कान्तिपुरलाई पुर्‍याउन नयाँ प्रधान सम्पादक चौहानलाई शुभकामना दिए । अध्यक्ष सिरोहियाले रगतको नाताभन्दा एउटै कार्यस्थलमा जोडिएको नाता झन् बढी गहिरो हुने उल्लेख गर्दै शर्मालाई विदाई गर्नुपर्दा आफूलाई धेरै अप्ठेरो भइरहेको बताएको कान्तिपुर दैनिकले लेखेको छ । उनले अहिले संस्थागत आवद्धता छोडे पनि पत्रकारिताका अभ्यासमा बाहिर बसेर पनि कान्तिपुरलाई सल्लाह सुझावहरू दिन शर्मासँग आग्रह गरे ।

शर्माले झण्डै दुई दशकदेखि कान्तिपुरमा जोडिएर पत्रकारिता गर्दा कहिल्यै पनि कुनै दबाब र प्रभावमा नपरेको उल्लेख गर्दै व्यावसायिक रुपमा सक्षम नेतृत्व र पत्रकारहरुको टिमले यो सफलता हासिल गरेको बताए । उनले आगामी दिनमा यसै क्षेत्रमामा रहने र कुनै न कुनै रुपमा कान्तिपुरको शुभेच्छुकको रुपमा जोडिइरहने बताए ।

नवनियुक्त प्रधान सम्पादक चौहानले शर्माले देखाएको पत्रकारिताको व्यावसायिक सिपबाट समेत आफूले सिकेर आगामी दिनमा समाचार कक्षलाई नेतृत्व गर्ने प्रतिबद्धता जनाए । उनले अझै पनि छापा पत्रकारिता उत्तिकै शक्तिशाली रहेको उल्लेख गर्दै यसलाई नयाँ प्रविधिसँग जोडेर लैजान आफूले काम गर्ने पनि बताए ।

अर्घाखाँचीका प्रधान सम्पादक चौहानले पूर्वाञ्चल विश्वविद्यालयबाट आमसञ्चार र पत्रकारिता विषयमा स्नातकोत्तर गरेका छन् । उनीसँग रेडियो र टीभीको पनि कार्यानुभव छ । रेडियो, एबीसी टेलिभिजन, नयाँ पत्रिका दैनिकमा समेत सम्पादनको भूमिका निर्वाह गरिसकेका चौहानले ह्यप्पी न्यूजरुममा विश्वास गर्ने गर्छन ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  ५ : २० बजे