काठमाडौं महानगरपालिकाले खुलामञ्च र टुँडिखेलबीचको बाटोमा राति हिंड्नडुुल गर्न रोक लगाएको छ ।
असुरक्षाको कारण देखाउँदै सो बाटो भएर राति ८ बजेदेखि बिहान ५ बजेसम्म आवतजावत गर्न रोक लगाएको महानगरले टुँडिखेल क्षेत्रमा टाँस गरेको जनाएको हो ।
सूचनमा रातको समयमा सो बाटोमा अनैतिक क्रियाकलाप हुने, पैदल यात्रुहरु लुटिने घटना बढेको गुनासो आएपछि सो बाटो बन्द गरिएको महानगरले जनाएको छ ।
‘गैरकानुनी यौन व्यवसाय प्रेरित अनैतिक क्रियाकलाप गर्ने, पैदल हिंड्ने सर्वसाधारणलाई दुःख दिने, झोला, पर्स, कपडाहरु तानिदिने गुनासो आएपछि सुरक्षाका कारणले बाटो नै बन्द गर्नु परेको हो’, महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताए । सो बाटो रत्नपार्क आसपास वारपार गर्न निकै छोटो भएपनि विगतका वर्षहरु नै असुरक्षित महशुस गरेपनि जनप्रतिनिधिहरुले चासो नदिएको समयमा मेयर बालेनले नागरिकको सुरक्षामा ध्यान दिएको बताइएको छ ।
प्रतिक्रिया