३ असार २०८२, मंगलबार | Tue Jun 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नक्कली शरणार्थी प्रकरण : प्रतिवादीका तर्फबाट थुनछेक बहस सकियो



नक्कली भुटानी शरणार्थी प्रकरणमा आज प्रतिवादीका तर्फबाट थुनछेक बहस सकिएको छ। २१ जेठबाट सुरु भएको बहस १२औँ दिनमा सकिएको हो।

ठगी, किर्ते, संगठित अपराध तथा राज्यविरुद्धको कसुरका मुद्दामा ३० जनालाई प्रतिवादी कायम गरी जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले दायर गरेको मुद्दामा प्रतिवादीहरूले बढी संख्यामा कानुन व्यवसायी राख्दा तथा बहस लामो गर्दा समय लागेको हो।

आज प्रतिवादीका तर्फबाट थुनछेक बहस सकिएसँगै अब भोलि शुक्रबार खाजा समयअघिसम्म जवाफी बहस सकाउन इजलासले समय दिएको छ। झन्डै २८ करोड रुपैयाँ बिगो मागदाबी गर्दै दायर भएको मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुनुवाइ भइरहेको नयाँपत्रिकाले जनाएको छ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  ९ : ११ बजे