१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


राष्ट्रिय स्वतन्त्र पार्टीको आज पहिलो बार्षिकोत्सवमा चियापान कार्यक्रम



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा(ले आज आफनो पहिलो बार्षिकोत्सव मनाउँदैछ । सो अवसरमा रास्वपाले वालाजुस्थित केन्द्रिय कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष तथा पुर्व प्रधाानमन्त्री केपी शर्मा ओलीलगायत राजनीतिक दलका शिर्ष नेतालाई आमन्त्रण गरिएको जनाईएको छ । उक्त चियापान कार्यक्रममा पुर्व प्रधानमन्त्री, मन्त्री, संबैधानिक निकायका प्रमुख, कुटनीतिक नियोगका प्रतिनिधिलगायत उपस्थित हुने बुझिएको छ ।

सो चियापान रास्वपाले बालाजुस्थित नयाँ पार्टी कार्यालयमा दिउँसो १ बजेदेखि सुरु हुनेछ । यो पार्टी स्थापनाको एक वर्षमै संसदमा ११ जना प्रत्यक्ष सांसदसहित प्रतिनिधित्व गरेको छ ।

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  ९ : १५ बजे