मकवानपुरको राक्सिराङ गाउँपालिकाले एक दर्जन बढी स्थानीय गौरवका योजना समेट्दै आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेट ल्याएको छ। पालिकाको शनिबार भएको गाउँसभाको १४ औं ९बजेट० अधिवेशनमा पालिकाका उपाध्यक्ष वनस्थम थिङले आगामी आवका लागि प्रस्तुत गर्नुभएको बजेटको आकार चालु आवको तुलनामा घटेर आएको छ।
पालिकाका उपाध्यक्ष थिङले अधिवेशनमा आगामी आवका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न लागि ५९ करोड ९५ लाख २५ हजार रुपियाँ विनियोजन गर्नुभएको हो ।
चालुतर्फ ३५ करोड ४१ लाख ६० हजार र पुँजीगततर्फ २४ करोड ५३ लाख ६५ हजार रुपियाँ विनियोजन गरिएको छ। आगामी आवको बजेट गत आवको भन्दा छ करोड ४८ लाख ९० हजार रुपियाँले कम हो।
यस्तै चालु आवको बजेट ६६ करोड ४४ लाख १५ हजार रुपियाँ रहेको छ। यसैगरी गाउँसभामा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष राजकुमार मल्लले स्थानीय उत्पादन प्रवर्द्धन एवं आयातित पत्रु खाना विस्थापन कार्यक्रम सञ्चालन गर्ने र अन्यत्र पालिकाबाट बसाई सरेर पालिकामा आउनेलाई घर उपहार दिने कार्यक्रम ल्याइएको बताउनुभयो।
शनिबार नै गाउँसभाबाट राक्सिराङ गाउँपालिकाको विनियोजन विधेयक २०८० र आर्थिक ऐन २०८० स्वीकृत भएको छ।
प्रतिक्रिया