३ कार्तिक २०८२, आइतबार | Mon Oct 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


ललितपुर महानगरपालिकाले ल्यायो साढे ६ अर्बको बजेट



ललितपुर महानगरपालिकाले ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट विनियोजन गरेको छ । आइतबार ललितपुर महागरपालिकाकी उपप्रमुख मञ्जिला शाक्यले बजेट प्रस्तुत गरेकी थिइन् ।

ललितपुरले पूँजीगततर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालुतर्फ २ अर्ब ४९ करोड ८४ लाखको बजेट ल्याएको हो ।

यसैगरी, राजस्व बाँडफाँटबाट २ अर्ब १६ करोड र सामाजिक सुरक्षा तथा जग्गा एकीकरणबाट २ अर्ब प्राप्त हुने अनुमान गरिएको छ। ललितपुर महानगरले १० वटा महानगर गौरवको योजनाका लागि ३ अर्ब ८० करोडको बजेट ल्याएको छ।

ललितपुरले सडक पूर्वाधार, सम्पदा संरक्षण, एक वडा एक उद्यान, एक घर एक बोट, स्मार्ट स्ट्रिट लाइट, प्रत्येक वडामा सार्वजनिक शौचालय, अपाङ्गमैत्री फुटपाथ लगायत विषयलाई प्राथमिकतामा राखेको छ ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ७ : ५३ बजे