६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


ललिता निवास क्षेत्रमा भवन निर्माण गर्न काठमाडौँ महानगरले स्वीकृति नदिने



काठमाडौँ महानगरपालिकाले ललिता निवास र चर्चेको जग्गामा भवन निर्माण गर्न स्वीकृति नदिने भएको छ ।

महानगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै बालुवाटारस्थित ललिता निवास र चर्चेको जग्गामा भवन निर्माण गर्न स्वीकृति नदिने निर्णय गरेको हो ।

यस्तै महानगरले भवन निर्माण सम्पन्नताको प्रमाणपत्र जारी नगर्ने समेत जनाएको छ । उक्त क्षेत्रका जग्गामा भवन निर्माण भइरहेको भए रोक्का गर्ने महानगरको भनाइ छ ।

यदि कसैले सूचनाको अटेरी गरी भवन निर्माण गरेमा संरचना भत्काइने र भत्काउँदा लागेको खर्च समेत असुल गर्ने महानगरको सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ४ : ४३ बजे