राष्ट्रपति रामचन्द्र पौडेलको उपचारका लागि दिल्ली आवतजावत गर्दा लागेको हवाइभाडा तिर्न अर्थ मन्त्रालयलाई चिठी पठाइएको छ । परराष्ट्र मन्त्रालयले राष्ट्रपति पौडेललाई उपचारका गर्न दिल्ली पुर्याउँदा प्रयोग भएको एयर एम्बुलेन्स र फर्किँदाको नेपाल वायु सेवा निगमको भाडासहित ५५ लाख रूपैयाँ भुक्तानीका लागि पत्राचार गरेको हो ।
२०८० वैशाख ६ गते श्री एयरलाइन्सको चार्टर एयर एम्बुलेन्सबाट राष्ट्रपति पौडेलाई भारतको दिल्ली लगिएको थियो । राष्ट्रपति र उनको टोली वैशाख १७ गते भने नेपाल वायु सेवा निगमको नियमित विमानबाट नेपाल फर्किएको थियो ।
परराष्ट्र मन्त्रालयले चार्टर गरेको एयर एम्बुलेन्स र नेपाल एयरलाइन्सको भाडा स्वरूप ५५ लाख २ हजार २७९ रूपैयाँ तिर्न भन्दै सोमबार अर्थलाई चिठी पठाएको हो । राष्ट्रपतिले भारतमा भएको उपचार खर्च भने सरकारबाट नलिने बताएका थिए ।
प्रतिक्रिया