१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


अध्यक्ष तिमिल्सिना संग कतारी राजदुतको बिदाई भेट



राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद र नेपालका लागि कतारका राजदुत युसुफ बिन मोहम्मद अल–हेलले शुक्रबार बिदाई भेट गर्नुभएको छ ।
राजदुत हेलले सिंहदरबारस्थित अध्यक्ष ज्यूको कार्यकक्षमा गर्नुभएको बिदाई भेटमा नेपाल नेपाल र कतारबीच रोजगारी, व्यापार, लगानी, पर्यटन लगायतका क्षेत्रमा अझै फराकिलो र गहिरो द्विपक्षीय सम्बन्धको विकास हुँदै गएको बारेमा चर्चा भएको थियो ।
अध्यक्ष तिमिल्सिनाले ठूलो संख्यामा नेपाली नागरिकहरूलाई रोजगारीको अवसर प्रदान गरेकोमा कतार सरकारको प्रशंसा गर्दै कतारको अर्थतन्त्रलाई पनि उकास्न नेपाली कामदारहरूले गरेको योगदानप्रति सन्तुष्टि व्यक्त गर्नुभयो ।
उहाँले कतारमा कार्यरत नेपाली श्रमिकले रेमिट्यान्स मार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान दिएको तथा यसले नेपाली जनताको जीवनस्तर उकास्न मद्दत गरेको र नेपाल वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन प्रतिबद्ध रहेको छ भन्नुभयो ।
अध्यक्ष तिमिल्सिनाले कतार लगायतका मुलुकको थप उन्नत बन्दैगएको श्रम बजारमा रोजगारी र उच्च आय सुनिश्चित गर्न नेपालले अर्धदक्ष र दक्ष श्रमिकहरु पठाउने कार्यलाई उच्च प्राथमिकतामा राखेको पनि बताउनुभयो अध्यक्षका प्रेस सल्लाहकार दु्र्गाप्रसाद शर्माले बताउनसभयाे ।
उहाँले दुई देशबीचको सिधा हवाई सम्पर्कले मानिसहरूको आवतजावतलाई सहज बनाएको छ र पर्यटन प्रर्वद्धनमा मद्दत गरेको उल्लेख गर्दै हाल नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्स गरी तीन एयरलाइन्सले नेपाल र कतारबीच सिधा हवाई उडान गरिरहेका छन् भन्नुभयो । यस्तै नेपाल आगामी दिनमा दुई देश र जनताको पारस्परिक हितका लागि मित्रवत सम्बन्धलाई थप सुदृढ पार्न द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय तहमा कतारसँग नजिकबाट काम गर्न तत्पर रहेको कुरा दोहो¥याउँछु भन्नुभयो ।
भेटमा राजदुतले नेपाली श्रमिकले कतारको बिकासका लागि पु¥याएको योगदानको प्रसंशा गर्दै बढीभन्दा बढी सुबिधा उपलब्ध गराउने बिषयमा पनि गम्भीर रहेको बताउनुभयो । उहाँले पोखरा लगायतका बिमानस्थलमा सिधा उडानका लागि कतारका एयरलायन्सहरुको चाँसो राखेर नेपाल सरकारका निकायहरुमा ५÷६ पटक सम्म पत्राचार गरेपनि नेपाली पक्षबाट कुनै प्रतिकृया पाउन नसकेको गुनासो समेत गर्नुभयो । उहाँले नेपालले चाँसो राखेर अघि बढेमा पोखरा, भैरहवाबाट सिधा उडान नियमित गर्न कुनै समस्या छैन भन्नुभयो ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ३ : ३४ बजे