९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


पौड्यालको आरोप

बजेट दिल्लीबाटै पास हुन लागेको राष्ट्रिय सभा सदस्य पौड्यालको आरोप (भिडियोसहित)



राष्ट्रिय सभा सदस्य डा। विमला राई पौड्यालले आगामी आर्थिक वर्षको बजेट दिल्लीबाटै पास हुन लागेको हो भन्दै प्रश्न गरेकी छिन् ।

मंगलबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बनाउन व्यापारीहरू दिल्ली दौडाहामा गएको कुरा उल्लेख गरेको भन्दै बजेट कार्यक्रम पनि त्यतैबाट पास गर्न लागिएको हो भन्दै प्रश्न गरिन् ।

उनले असमान बजेट आउनुको कारणबारे संसद् र जनतालाई जानकारी दिन आग्रह गरिन् । उनले छिमेकी देशसँगको नेपालको सम्बन्ध असमान हुँदै गइरहेको बताइन् ।

उनले भनिन्, ‘प्रधानमन्त्रीले अस्ति त भनिनै हाल्नुभयो । प्रधानमन्त्री बन्नका लागि व्यापारीहरू दिल्ली दौडमा गएका कुरा आए पनि । बजेट कार्यक्रम पनि हामी त्यतैबाट पास गर्दै छौँ कि के हो रु परराष्ट्रले सहजीकरण गरिरहेको छ रु नत्रभने किन एकतर्फी हुन्छ बनेट रु हाम्रो छिमेकीसँगको सम्बन्ध असमान हुँदै छ, एकातिर ढल्किँदै छ, विचार गर्नुहोला । असंलग्न परराष्ट्र नीति छोडेका हौँ कि समातिएको छ, के भइरहेको छ रु यसमा जवाफ दिनुहोला ।’

राष्ट्रिय सभा सदस्य राईले असंलग्न परराष्ट्र नीति छोडेको हो भन्दै सरकारसँग जवाफ माग गरिन् ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ९ : १६ बजे