४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पालिका पोफाईल


बेलकोटगढी नगरपालिका

बेलकोटगढी नगरपालिकाको परिचय



साविक गा.वि.स. हरु दुईपीपल, रातमाटे, कुमरी, बेलकोट, जिलिङ्, मदानपुर (१-६ र ९) समेतलाई समावेश गरी ऐतिहासिक महत्व रहेको बेलकोटगढीको नामबाट यस नगरपालिकाको नामाकरण भएको हो | यसको क्षेत्रफल १५५.६ वर्ग किलोमीटर, जनसंख्या ३९८८८ सहित १३ वटा वडामा विभाजन गरिएको छ |

यसको पूर्वमा ककनी गा.पा., पश्चिममा तारकेश्वोर गा.पा. र धादिङ जिल्ला उत्तरमा विदुर न.पा., लिखु गा.पा. र तारकेश्वोर गा.पा. र दक्षिणमा धादिङ जिल्ला रहेको छ | यस न. पा. मा कृषिलाई मुख्य पेशाको रुपमा अंगाल्दै आएका छन् | ऐतिहासिक प्रशिद्ध गढी बेलकोटगढी, चिम्टेश्वोर महादेव जस्ता प्रशिद्ध तिर्थस्थल समेत यसै न.पा. मा अवस्थित रहेको छ | कृषि पर्यटन सहितको पूर्वाधार विकासको मुल आधार भन्ने मुख्य उद्देश्यको रुपमा निर्वाचित जनप्रतिनिधिहरुको सामुहिक एजेण्डा रहेको छ |

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ९ : ५७ बजे