२४ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


ठुलो परिणाममा त्रिभुवन विमानस्थलबाट सुन बरामत



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैध रुपमा ल्याइएको ठूलो परिणाममा सुन भेटिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रवक्ता अम्बिकाप्रसाद खनालका अनुसार हङकङबाट ल्याइएको सामान चेकजाँच गर्दा सुन भएको खुलेपछि थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागलाई बुझाइएको छ ।

प्रवक्ता खनालका अनुसार १६० सेट प्याक भेटिएको हो । सो सामान रेडी प्रालि काठमाडौंले ल्याएको उल्लेख छ । यो सबै सामान चार दिन अगाडि हङकङबाट प्यासिफिक एयरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको प्रवक्ता खनालको भनाइ छ ।

यो विषयमा थप अनुसन्धान राजस्व अनुसन्धान विभागले गरिरहेको र उक्त सामान सबै मंगलबार नै विभागले लगेको उहाँको भनाइ छ ।

राजश्व अनुसन्धान विभागले बरामद सुन ८० केजी बढी भएको अनुमान गरेको छ । यो विषयमा अनुसन्धान भइरहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार  ७ : २२ बजे