१६ जेष्ठ २०८२, बिहिबार | Thu May 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

धर्म संस्कृति


३८ वर्षअघि हराएको मूर्ति बेलायतबाट फिर्ता



ललितपुरको पाटनबाट सन् १९८५ मा हराएको प्राचीन मूर्ति बेलायतबाट नेपाल सरकारलाई फिर्ता गरिएको छ । ११औं शताब्दिको उक्त ‘सूर्य मूर्ति’ बेलायतले नेपाललाई यही बिहीबार फिर्ता गरेको बेलायतस्थित नेपाली दूतावासले जनाएको छ ।

लण्डनस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै उक्त कलाकृति ७९ सेन्टिमिटर उचाइ, १५ सेन्टिमिटर चौडाइ र ४१ किलोग्राम तौल रहेको जनाएको छ । दूतावासले जारी गरेको विज्ञप्ति अनुसार उक्त मूर्ति बेलायती निजी संकलकले दूतावासलाई हस्तान्तरण गरेका थिए ।

यस्तै उक्त मूर्ति नेपाल सरकारको पूरातत्व विभागमार्फत् यसको वास्तविक स्थानमै पठाइने पनि बताइएको छ । दूतावासले जारी गरेको विज्ञप्तिमा सांस्कृतिक कलाकृति फिर्ता गरिनुले हराएको सांस्कृतिक वस्तुको पुन:स्थापनाका लागि नेपालको प्रयासमा सकारात्मक योगदान पुर्‍याएको उल्लेख छ ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  १० : ३४ बजे