२३ कार्तिक २०८२, शनिबार | Sun Nov 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


भारी वर्षाको सम्भावना

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना



जल तथा मौसम विज्ञान विभागले कोशी, मधेश, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले मंगलबार बिहानै देखि देशभर मौसम बदली रहँदै सातै प्रदेशमा वर्षा भइरहेको जनाएको हो ।

विभागका अनुसार दिउँसो गण्डकी,लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । भरे राति देशभरको मौसम सामान्य बदली रहनेछ । आज कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

साथै अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थान तथा बाँकी भू–भागका एक–दुई स्थानमा पनि मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
वर्षाका कारण कतिपय स्थानमा बाढिपहिरोको सम्भावना रहेको जनाउँदै विभागले सर्तकता अपनाउन पनि सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ७ : १९ बजे