२७ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सशस्त्र प्रहरी बलले ६६ करोड बराबरको भन्सार छलिको समान बरामद



शेखर छतकुली, वीरगंज ।
सशस्त्र प्रहरी बल मधेश प्रदेशले आर्थिक बर्ष २०७९÷८० असार सम्ममा करिव ६६ करोड रुपैया“ बराबरको भन्सार छलिको समान बरामद गरेको छ । खुला सिमानाको फाइदा उठाएर अवैध रुपमा नेपाल भित्रयाएको सामान सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएर भन्सारमा बुझाएको हो । सशस्त्र प्रहरी बल मधेश प्रदेशले गत आर्थिक बर्षमा करिव ६६ करोड रुपैया बराबरको अवैध रुपमा भन्सार छलेर नेपाल भित्रयाएको सामान नियन्त्रणमा लिएर भन्सारमा बुझाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीले गत आर्थिक बर्ष २०७९÷०८० को एक बर्षमा ६५ करोड ६५ लाख ४५ हजार ६ सय ३४ रुपैया बराबरको प्रतिबन्धीत लागु औषध सहित अवैध रुपमा भन्सार छलेर नेपाल भित्रयाएको बिभिनन सामान नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल मधेश प्रदेशले गत आर्थिक बर्षको एक बर्षमा एक करोड ६८ लाख ७५ हजार ९ सय ९३ रुपैया मुल्य बराबरको अबैध चौपाया समेत नियन्त्रणमा लिएको छ, भने १ करोड ४० लाख ६१ हजार ५ सय २४ रुपैया बराबरको अबैध काठ नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल मधेश प्रदेशका वाहिनी पती सशस्त्र प्रहरी नायव माहानिरिक्षक ९ डिआईजी ० दीपेन्द्र शाहले जानकारी दिए । त्यसैगरी सशस्त्र प्रहरी मधेश प्रदेशले २३ लाख ५ हजार ९ सय ६४ रुपैया बराबरको अबैध सुन र चा“दी समेत बरामद गरेको छ । त्यसैगरी श्रोत नखुलेको २ करोड १ लाख ४३ हजार १ सय नेपाली मुद्रा र ३४ लाख ८३ हजार २ सय ६५ श्रोत नखुलेका भारतिय मुद्रा समेत प्रहरीले नियनत्रणमा लिएको छ । करिव ६६ करोड रुपैया बराबरको अबैध लत्ताकपडा र अन्य समानहरु नियन्त्रणमा लिएको छ ।

त्यस्तै सशस्त्र प्रहरी बल मधेश प्रदेशले गत आर्थिक बर्ष ०७९÷०० को असार मसान्त सम्ममा प्रतिबन्धीत लागु औषध गाजा ३ हजार १ सय ५० के जी, चरेश ५२ केजी खैरो हिरोईन ५ ग्राम ब्राउन सुगर ९ २३।५९ ० ग्राम, बिभिन्न प्रतिबन्धीत लागु औषध ३४ हजार ५७ पिस बरामद गरेको छ । त्यस्तै ४१ बिघाहा १६ कठ्ठा १० धुर जग्गामा लगाएको प्रतिबन्धीत लागु औषध गा“जा फडानी गरेको सशस्त्र प्रहरी नायव माहानिरिक्षक ९ डिआईजी ० शाहले जानकारी दिए । त्यसैगरी नक्कली नेपाली मुद्रा ४ लाख ४० हजार रुपैया नियन्त्रणमा लिएको छ भने नक्कली नेपाली नोटको कागज ६ हजार ९ सय पिस नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी मधेश प्रदेशले १ जना नेपाली चेलीहरुलाई बेचविखनका लागि भारततर्फ लग्दै गर्दा उद्घार समेत गरेको सशस्त्र प्रहरीले जनाएको छ । त्यस्तै सशस्त्र प्रहरी मधेश प्रदेशले मधेश प्रदेशको बिभिन्न स्थानबाट हतियार ७ नाल, बन्दुकको गोली १९ गोटा म्यागजिन २ गोटा र १२ बोर सर्टगनको कार्टिज समेत नियन्त्रणमा लिएको डिआईजी शाहले जानकारी दिए । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरी बर्दीवासले बिभिन्न लागु औषध, हात हतियार श्रोत नखुलेको रकम र तस्करीमा संलग्न भएका २ सय १ जनालाई नियन्त्रणमा लिएर सम्बन्धीत निकाएमा बुझाईएको सशस्त्र प्रहरी मदेश प्रदेशका प्रमुख डिआईजी शाहले जानकार िदिए । त्यस्तै, बिभिन्न अबैध कार्यमा संलग्न रहेको १ हजार १ सय २ वटा साना तथा ठूला सवारी साधनहरु समेत नियन्त्रणमा लिएको शाहले बताए । यसरी अवैध बाटोबाट नेपाल भित्रिएको समान सम्बन्धीत कार्यालयमा बुझाईएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ९ : ४० बजे