३ असार २०८२, मंगलबार | Wed Jun 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


जुवाखाल

जुवाखालबाट वडा अध्यक्ष पक्राउ



काठमाडौंको नयाँ बसपार्कको जुवाखालबाट पक्राउ परेकाहरूलाई प्रहरीले सार्वजनिक गरेको छ। टोखा नगरपालिका– ९ स्थित सेतीगंगा गेस्ट हाउसको पाँचौँ तलामा आइतबार राति छापा हानी प्रहरीले १२ जुवाडेलाई पक्राउ गरेको थियो। उनीहरूबाट १० लाख ८२ हजार पाँच सय नगद बरामद भएको छ।

पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका–५ का वडाध्यक्ष रामबहादुर श्रेष्ठसमेत छन्। पक्राउ पर्ने अन्यमा बैतडी घर भएका गेस्ट हाउस सञ्चालक राजेन्द्रप्रसाद जोशी, बैतडीकै सूर्य भट्ट, कालोसिंह धामी, राजेन्द्रबहादुर थापा, रोल्पाका सरोज खत्री, दाङका धीरज शाह, कैलालीका जयबहादुर ढुंगेल, दोलखाका करिण थापा र विश्वनाथ कार्की, गोरखाका अर्जुन गुरुङ र काठमाडौंका अंजित रिजाल छन्।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ६ : ४५ बजे