१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


अधिवक्ता भगवती पाण्डे पक्राउ

विवादास्पद अभिव्यक्ति दिएकी अधिवक्ता पाण्डे पक्राउ



तामाङ समुदायबारे विवादित अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । एक टेलिभिजन कार्यक्रमका क्रममा तामाङ समुदायमा दाजुबहिनीबीच पनि बिहे गर्ने चलन रहेको अभिव्यक्ति दिएपछि त्यसविरुद्ध सो समुदाय आन्दोलित भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

साउन १२ गते नै जिल्ला अदालत काठमाडौंले, अधिवक्ता पाण्डेविरुद्ध पक्राउ अनुमति दिएको थियो । तामाङ र मगर समुदायप्रति विवादित टिप्पणी गरेपछि उनीविरुद्ध ती समुदायका सदस्यहरुले प्रहरीमा उजुरी गरेका थिए।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ८ : १७ बजे