१५ जेष्ठ २०८२, बुधबार | Wed May 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking

सरकारले तर्साउन खोजेको ओलीको टिप्पणी (भिडियोसहित)


एमाले अध्यक्ष केपीले, सरकारले नाङ्लो ठटाएर हात्ती तर्साउन खोजेको टिप्पणी गरेका छन् । पार्टी निकट उद्योग विभागले काठमाडौंमा आयोजना गरेको वर्तमान आर्थिक अवस्था समस्या र समाधान विषयक छलफल कार्यक्रममा ओलीले, सांसद सुनिल शर्माको गिरफ्तारी नाङ्लो ठटाउने सरकारी प्रयास भएको दाबी गरे ।

उनले भने ‘एउटा सिटिङ एमपी त्यसमा पनि गठबन्धनको एमपीलाई समातेर दुनियाँलाई तर्साउन खोज्या होइन् यो ? नाङ्लो ठटाएर हात्ती तर्साउने भन्छन् नी । यो नाङ्लो ठटाएको हो । सुनिल शर्माको गिरफ्तारी ।’ सरकारले कुनै पनि राम्रो काम गर्न नसकेको उनको आरोप छ । ‘तर्सथ सरकार यस्तै छ । यो सरकार राम्रो काम केही गरिराख्या छैन् ।’

दिनभरी ऋण खोजेर चुलो बाल्नेले उद्योग खोल्न नसक्ने भन्दै सरकारले मुलुकको आर्थिक अवस्था कमजोर बनाउँदै लगेको आरोप लगाए । सरकारले आर्थिक वर्षको सुरुदेखि नै आन्तरिक ऋण उठाउन थालेको भन्दै अलि पछि के गर्ला भन्दै चिन्ता व्यक्त गरे ।