१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


नायीका गौरी मल्ल

नायीका गौरी मल्लको तीज गीत सार्वजनिक



नायीका गौरी मल्लको ‘धिन ताका नाका धिन’ नामक तीज गीत सार्वजनिक भएको छ ।
काठमाडौंमा एक विशेष कार्यक्रमका बीच नायीका मल्लकै स्वर शब्द र संगीतमा रहेको सो तीज गीत सार्वजनिक गरिएको हो ।
नायीका मल्ल, मिथिला शर्मालगायत चर्चित कलाकार फिचर्ड रहेको गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । सो म्युजिक भिडियो नायीका मल्लकै, गौरी मल्ल च्यानलबाट सार्वजनिक गरिएको हो ।
सो म्युजिक भिडियोको निर्देशन भने सन्तोष राजबहाकले गरेका हुन् । एल्बम सार्वजनिक कार्यक्रममा वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठ, बसुन्धरा भुसाललगायतका सिने क्षेत्रका चर्चित कलाकार उपस्थित थिए । उनीहरुले गीतको सफलताको कामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १९ भदौ २०८०, मंगलबार  ८ : १६ बजे