१४ असार २०८२, शनिबार | Sat Jun 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जनप्रतिनिधि


मेयर बालेनको बिरुद्धमा माघ १५ गते माइतीघरमा प्रदर्शन हुने



काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनका विरुद्धमा माघ १५ गते माइतीघरमा प्रदर्शनी गर्ने तयारी भएको छ । उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले धर्ना एवम् प्रदर्शन गर्ने तयारी भएको जनाएका छन् ।

संर्घष समितिका समितिका संयोजक सुमन सायमीले राजधानीको माइतीघर मण्डलामा माघ १५ नगर प्रमुख बालेनकाविरुद्ध प्रदर्शन र धर्ना हुन लागेको खुलासा गरेका हृन ।

नगर प्रमुख बालेनका कारण काठमाडौंका महानगरबासी त्रासमा रहेको भन्दै उनीविरुद्ध धर्नाको तयारी गरिएको सायमीले बताएका छन् ।

नगरप्रमुुख बालेन साह स्वेच्छाचारीका साथै निरंकुश बन्दै गएका कारण उनी विरुद्ध आन्दोलनको तयारी गरिएको सरोकारवालाहरुले बताएका छन् ।
संविधानले सुरक्षित गरेको सम्पत्ति सम्बन्धी मौलिक हकको बेवास्ता गर्दै जनताको निजी घर भत्काउने कार्य गरेको, कथित विकासको नाममा अध्ययन र योजनाविना डोजर आतंक फैलाएर आदिवासीको भूमि अतिक्रमण गरेको उनीहरुले आरोप लगाएको छ ।

कानुनी प्रक्रिया नै नपुर्‍याइ अनाधिकृत रुपमा निजी घरवासमा प्रवेश गरेर महानगरले ज्यादती गरेको उनीहरुको आरोप छ । नगर प्रमुख बालेनको पक्ष र विपक्षमा राजधानीबासीहरु बाडिन थालेका हुन । यता मध्यमबर्गी परिवारहरु भने बालेनले सामान्य काम समेत गरेर खान नदिएका भन्दै आक्रोशित हुदै आएका छन् । एकथरीनागरिक भने शहरलाई व्ययवस्थित र कानूनको पालनामा कडाईका साथ उत्रेकाले समर्थनका पक्षमा रहेका छन् ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ८ : २६ बजे