नेपाल जेसीज क्षेत्र क सम्मेलनको तयारी पूरा भएको छ । १९ वर्षपछि विराटनगरमा हुने नेपाल जेसीज क्षेत्र ‘क’ सम्मेलनको तयारी पुरा भएको हो ।
सम्मेलन असोज १२ र १३ गते विराटनगरमा सम्मेलन सभापति तथा नेपाल जेसीज राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रश्मि बस्नेतले बताईन । कार्यकारिणी उपाध्यक्ष बस्नेतले भनिन्, कार्यक्रम उत्कृष्ट र फलदायी बनाउन जेसीज मनहरूको माया र सद्भाव खाँचो छ,यो एउटा एेतिहासिक सम्मेलन हुने छ मनमनमा बस्न सफल हुनेछ ।ू
१९ वर्षपछि विराटनगरमा हुन लागेको सम्मेलनको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की सम्मेलनको उद्घाटन गर्ने बिराटनगर जेसीजका अध्यक्ष अविनाश थापाले बताए । थापाले भने,ू शनिबार विहान शान्ति र्याली पनि आयोजना गरिने छ, सम्मेलन भव्य र सव्य हुने विश्वास लिएका छौ ।ू
नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष विकास मान्नधरले एरिया क सम्मेलनले नयाँ उचाइ हासिल गर्नेमा विश्वस्त रहेको बताए । अध्यक्ष मान्नधरले कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न शुभकामना व्यक्त गरे ।
जेसीजले थिम सेमिनार पनि गर्ने बताएको छ, जसमा प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डल, योगेश भट्टराई र सबिधान सभा सद्स्य डाक्टर मिनेन्द्र रिजाल सहभागि हुने विराटनगर जेसीजले जनाएको छ ।
महावीर पुने सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई नगद ५० हजारसहित सम्मान गर्ने कार्यक्रम रहेको थापाले बताए । सम्मेलनमा कलाकार विपिन कार्की पनि सहभागि हुनेछन् ।
कार्यक्रममा एक हजार भन्दा वढि सहभागि हुने विराटनगर जेसिजका अध्यक्ष थापाले बताए ।
नेपाल जेसीजमा १७६ शाखा छन् । चार क्षेत्रमा विभाजन गरिएको जेसीजको क्षेत्र क मा कोशी प्रदेश र मधेश प्रदेशका ४३ वटा शाखा रहेको जेसी, समाजसेवी तथा सञचारकर्मी रोशन दानीले जानकारी दिनुुभयो ।
प्रतिक्रिया