६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


प्रधानमन्त्री प्रचण्ड र भाषा आयोगका पदाधिकारीको भेट



भाषा आयोगका अध्यक्षसहितका पदाधिकारीहरुले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपरान्ह भएको छलफलमा उहाँहरुले सरकारी कामकाजको भाषा सम्बन्धी पहिले भएका सिफारिसहरुमा केही संशोधन गर्नुपर्ने विषय सिफारिस पेस गर्नुभएको थियो । त्यसैगरि भेटवार्तामा आयोग भित्र रहेका व्यवस्थापनका आन्तरिक समस्या र तिनका समाधानबारे पनि छलफल भएको थियो ।

त्यस्तै आज नेपाल ट्रष्टका पदाधिकारीहरुले पनि ट्रष्टको नामका रहेको सम्पत्ति र तिनको उपयोग बारे प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्नुभएको छ । छलफलका क्रममा ट्रष्टका सम्पत्तिको अभिलेख राख्ने र उपयोगका विधिबारे पनि चर्चा भएको थियो ।

त्यसैगरि निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंह सहित आएको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीसँग भेटवार्ता गरेको छ । भुक्तानी सम्बन्धी आफूहरुको मागमा कुनै सुनुवाई नभएको भन्दै उहाँहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । प्रधानमन्त्री प्रचण्डले निर्माण व्यवसायीहरुको माग प्रति आफ्नो ध्यानाकर्षण भएको र मागको उचित सम्बोधन हुने बताउनुभएको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  ८ : २१ बजे