४ भाद्र २०८२, बुधबार | Thu Aug 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


जाजरकोट भूकम्पमा परी मर्नेको सङ्ख्या ७२ पुग्यो



शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या ७२ पुगेको छ । थप विवरण आउने क्रम जारी रहेको छ ।

जाजरकोट अस्पताल विकास समितिका अध्यक्ष डम्बरबहादुर सिंहका अनुसार, अस्पतालमा ल्याएकामध्ये ३७ जनाको निधन भएको छ भने घाइतेहरू ल्याउने क्रम जारी रहेको छ ।

यसैगरी, रुकुम पश्चिममा ३५ जनाको मृत्यु भएको छ भने ५३ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ९डिएसपी० नमराज भट्टराईका अनुसार आठविसकोट नगरपालिकामा २८ जना र सानी भेरी गाउँपालिकामा सात जना गरी ३५ जनाको मृत्यु भएको हो ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ७ : ३५ बजे