८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


भुकम्प पीडितका लागि बागमती प्रदेश सरकारले डेढ करोड सहयोग गर्ने घोषणा



जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भइ गएराति गएको भुकम्प पीडितका लागि बागमती प्रदेश सरकारले १ कराेड ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ ।
बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले शनिबार विज्ञप्ती जारी गर्दै भुकम्प पीडितकाे प्रभावकारी उद्दार, उपचार, राहत र पुनर्स्थापनाकाे लागि १ कराेड ५० लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिनुभएको हो । उहाँँले बिपद्काे यश घडीमा बागमती प्रदेश सरकार कर्णाली प्रदेश सरकारकाे साथमा रहने बताउनु भयो ।
मन्त्री श्रेष्ठले भुकम्पमा परी ज्यान गुमाउने व्यक्तिहरु प्रति श्रद्धाञ्जली र आफन्तजनहरुमा समवेदना व्यक्त गर्नु भएको छ । उहाँले घाइतेहरुकाे शीघ्र स्वाास्थ्यथ्य लाभको कामना समेत गर्नु भएको छ ।
मन्त्री श्रेष्ठले विपद्काे यश घडीमा आवश्यक सहयोग गर्न नागरिक समाज र गैरसरकारी संस्थाहरुलाई आग्रह पनि गर्नुभएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  १२ : २३ बजे