७ असार २०८२, शनिबार | Sat Jun 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जनप्रतिनिधि


राष्ट्रिय सभा सदस्यमा एमालेबाट दसौंदीको मनोनयन दर्ता



माघ २५ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि नेकपा एमालेबाट कुमार दसौंदीले मनोनयन दर्ता गर्नुभएको छ । मनोनयन दर्ताका लागि दिइएको समयअनुसार बुधबार दिउँसो १ बजे सत्तारूढ दलको तर्फबाट निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमाले केन्द्रीय सदस्य समेत रहनुभएका दसौंदीले मनोनयन दर्ता गराउनुभएको हो ।

दसौंदीको समर्थकमा प्रदेश सभा सदस्य बन्नुभएकी मीनाकुमारी श्रेष्ठ र प्रस्तावकमा दाङको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल रहनुभएको छ । श्रेष्ठ राप्रपाबाट प्रदेशसभा सदस्य र शर्मा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

उम्मेदवारी दर्ताका लागि दसौंदी एमालेका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्मासहित माओवादी केन्द्र, राप्रपालगायतका पार्टीका नेताहरुको साथमा निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएको थियो । एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टाईले राजीनामा दिएपछि रिक्त रहेको सो सिटमा उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ४ : २२ बजे