८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


कोरियन भाषा परीक्षाको आवेदन खुला, झण्डै १६ हजारलाई रोजगारीको अवसर



रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ। वैदेशिक रोजगार विभागले दक्षिण कोरिया जान लिइने इपीएस भाषा परीक्षाको आवेदन फारम भर्न आग्रह गरेको छ । इपीएस कोरिया शाखा ग्वार्को, ललितपुरले सोमबार एक सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो ।

भाषा परिक्षाकालागि आवदेन यहिँ २०८० पुस २ गतेदेखि ६ गतेसम्म दिन सकिनेछ । अब ४ दिनसम्म चल्ने आवदेन लिने क्रममा हजारौं युवाले भाषा परीक्षाको फारम भर्नेछन्। परीक्षामा सहभागीको भाषा परीक्षाका साथै सीप परीक्षण पनि हुनेछ।

परीक्षा आवेदन फारम अनलाइक्षन मार्फत मात्र भर्न सकिनेछ । ।https://eoers.epsnepal.gov.np मा गइ अनलाइनबाट फारम भर्न सकिने पनि शाखाले जानकारी दिएको छ ।

आवदेकले आवेदन फारम भर्दा राहदानीको फोटो भएको पेजको रंगिन स्क्यान गरेको जेपीजी इमेज फाइल अपलोड गर्नुपर्नेछ।

रोजगारीका लागि कोरिया जान सबैभन्दा पहिले भाषा परीक्षा पास गर्नुपर्छ । इपीएस भाषाको पहिलो परिक्षाको मिती सम्बन्धी विस्तृत विवरण २०८० को माघ २२ गते मात्र प्रकाशित हुने पनि जानकारी दिइएको छ ।

दक्षिण कोरिया सरकारले सन् २०२४मा नेपालबाट १५ हजार ८४८ नेपाली रोजगारीका लागि लैजानेछ। जसमा उत्पादनमूलक क्षेत्रमा मात्रै सो संख्यामा आवेदन खुलाएको हो । मेरोलगानी

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ८ : ५२ बजे