६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


बागलुङ महोत्सवको उदघाटन राष्ट्रपति पौडेलबाट



आजबाट बुधबारदेखि सुरु हुने सातौं बागलुङ महोत्सवको तयारी पूरा भएको छ । महोत्सवको उदघाटन राष्ट्रपति रामचन्द्र पौडेलबाट गरिने भएको छ ।

महोत्सव उद्घाटन गर्न आज विहान राष्ट्रपति पौडेल बागलुङ आउने कार्यक्रम तय भएको बताइएको छ । निजी क्षेत्रको छाता संगठन बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा सुरु हुन लागेको सातौं बागलुङ महोत्सवलाई उद्घाटन गर्न राष्ट्रपति पौडेल बागलुङ आउन लाग्नुभएको हो ।

बजारका विभिन्न स्थानमा स्वागत गेट निर्माण गरिएको छ भने तोरण टाँगेर बजारलाई शृङ्गारिएको छ । महोत्सवको सबै तयारी पूरा भएको छ । बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले भन्नुभयो, ‘‘राष्ट्रपतिलाई स्वागत गर्न बजारबासी आतुर छौं । महोत्सवको उद्घाटन गर्न राष्ट्रपति आउने भएपछि बागलुङबासी उत्साहित भएका छन् ।’’

राष्ट्रपति पौडेलले बुधवार बिहान १० बजे बागलुङ आइपुग्ने संघका अध्यक्ष कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रपति पौडेलले बागलुङको प्रसिद्ध ऐतिहासिक शक्तिपीठ बागलुङ कालिका मन्दिर र बागलुङ नगरपालिका –४ कुँडुलेमा रहेको शालिग्राम संग्रहालयको दर्शन तथा अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

मन्दिर दर्शनपश्चात दिउँसो १ बजे धौलागिरी बहुमुखी क्याम्पसको मैदानमा राष्ट्रपति पौडेलले महोत्सवको उदघाटन गर्नुहुनेछ । उद्योग वाणिज्य संघको आयोजनामा गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेला तथा सातौं बागलुङ महोत्सवको आयोजना गरिएको छ ।

महोत्सवको उद्घाटनका अवसरमा विभिन्न जातजातीका झाँकी, स्थानीय कला–संस्कृति, कृषि प्रदर्शनी गरिने भएको छ । महोत्सवमा व्यावसायिक प्रयोजनका लागि एक सयसय ६९ वटा स्टल तयार पारिएको छ । महोत्सवमा बागलुङका स्थानीय उत्पादनको बिक्री–वितरणका लागि स्टलको व्यवस्था गरिएको छ ।

महिला तथा पुरुष भलिबल प्रतियोगितालगायतका खेलको तयारी भएको आयोजकले जनाएको छ । महोत्सवमा ताराखोलाको स्थानीय उत्पादन आलु, अल्लोको कपडा लगायतका उत्पादन, सिगाना र बिहुँको सुन्तला प्रदर्शनी तथा बिक्रीको समेत व्यवस्थापन हुने आशा गरिएको छ । महोत्सवले बागलुङको पर्यटन क्षेत्रमा टेवा पु¥याउनुका साथै आर्थिक कारोबारलाई चलायमान गराउने आशा आयोकको छ ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ७ : ४१ बजे