६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


एमालेले दश करोडमा घर किन्दै



नेकपा एमाले गण्डकी प्रदेश कमिटीले कार्यालय प्रयोजनका लागि दश करोडमा घर किन्ने भएको छ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ८ को सिमलचौर नजिक रहेको घर करिब १० करोडमा किन्ने निर्णय भएको एमाले गण्डकी अध्यक्ष नवराज शर्माले जानकारी दिनुभयो ।

एमाले प्रदेश समितिको पहिलो बैठकले घर किन्ने निर्णय लिएको हो । यसका लागि पन्ध्र लाख रुपैयाँ बैनासमेत दिइसकेको अध्यक्ष शर्माले बताउनुभयो । एमाले गण्डकीले अहिले पोखराको नयाँ बजारमा भाडाको घरमा प्रदेश कार्यालय चलाइरहेको छ ।

“नौ करोड पैसठी लाखमा घर किन्ने निर्णय भएको छ । पन्ध्र लाख बैनासमेत दिइसकेका छौँ,” शर्माले भन्नुभयो । आवश्यक हल निर्माण र घर व्यवस्थापन गर्न थप एक करोड खर्च हुने उहाँको अनुमान छ ।

पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकले सहयोग गर्ने वचन दिएकाले सोहीबाट बाँकी रकम तिर्ने एमाले गण्डकीको तयारी छ । यसअघिको एमाले गण्डकीको बैठकले प्रत्येक सदस्यबाट पाँच सय नघट्ने गरी रकम उठाउने निर्णय लिएको थियो । गण्डकीमा एमालेका त्रिसट्ठी हजार पार्टी सदस्य रहेको बताइन्छ ।

बैठकले कमिटीका सदस्यहरूको कार्य विभाजनसमेत गरेको छ । यसैबिच, एमालेले गण्डकी प्रदेशका एघार जिल्लाका अधिवेशन चैतभित्रै सक्ने निर्णयसमेत गरेको छ । बैठकमा एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले कामकाजी कार्य योजनासहित अघि बढ्न प्रदेश कमिटीलाई निर्देशन दिनुभयो ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ७ : ३८ बजे