३ असार २०८२, मंगलबार | Tue Jun 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


म कांग्रेसभित्र कुनै तरङ्ग ल्याउने पक्षमा छैन : अध्यक्ष ओली



प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले० का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ कांग्रेसभित्र आफूले चलखेल गर्न नचाहेको बताउनुभएको छ ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर सत्तारुढ नेपाली कांग्रेसले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै उहाँले कांग्रेसभित्र कुनै राजनीतिक तरङ्ग ल्याउने इच्छा आफूमा नभएको टिप्पणी गर्नुभएको हो ।

अहिलेको राज्य सञ्चालनमा आफ्नो भूमिकासँग सन्तुष्ट गरेको कांग्रेसको तलाउमा एउटा ढुङ्गा फुत्त फालिदिएर कुनै तरङ्ग ल्याउने इच्छा नभएको अध्यक्ष ओलीको जिकिर थियो । अध्यक्ष ओलीले कांग्रेस सत्ताको अमनचैनमा रहेकाले त्यसमा खलल पार्न पनि आफूलाई मन नलागेको बताउनुभयो ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले देशलाई आवश्यक नभएको ठूल्ठूला भ्यु टावर बनाएको भन्ने अभिव्यक्तिप्रति कटाक्ष गर्नुहुँदै उहाँले कांग्रेसको नीति एकतले घर मात्रै बनाउने हो रु भनी प्रश्नसमेत गर्नुभयो ।

‘‘अहिलेका राज्य सञ्चालनमा आफ्नो भूमिकासँग सन्तुष्ट रहेको नेपाली कांग्रेसको तलाउमा मैले एउटा ढुङ्गा फुत्त फालिदिएर कुनै तरङ्ग ल्याउने मेरो इच्छा छैन । त्यसकारण म त्यतापट्टि बिल्कुलै जान चाहन्नँ । कुनै अमनचैनमा खलल पार्न पनि चाहन्न । त्यस सीमाभित्र मात्रै म बोल्छु ।,’’ उहाँले भन्नुभयो, ‘‘विश्वप्रकाशजीले अलिकति अग्ला घर किन बनाइस् रु कलकत्ता जान गङ्गाको बाटो किन भनिस्, ट्रक नै कुदाउनुपर्ने ठाउँमा पाइपलाइन अमलेखगञ्जमा किन ल्याइस् रु ट्याङ्कर चलाउनुपर्ने ठाउँमा त्यो काम किन गरिस् रु बयलगाडा चलाइराखेका थिए, हुलाकी राजमार्ग किन बनाइस् रु त्यत्रो साढे आठ लाख पुनर्निमित घरहरु त्यति छोटो अवधिमा बनाएर पीडितहरुलाई किन हस्तान्तरण गरिस् रु ठूला कुरा गर्ने । उहाँले आफ्नो प्रचलित शैलीमा ललकार्नु भयो । त्यसको पनि म जवाफ दिन्नँ । म त्यतापट्टि पनि जान चाहन्नँ । म कुनै विवादास्पद कुरा गर्न पनि आवश्यक ठान्दिनँ । यत्ति हो यो देशमा कहिलेकहिले खतरा आउँछ कि भनेर झस्किन्थेँ ।’’

अध्यक्ष ओलीले बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला जिम्मेवार रहेको बताउनुभयो । मन्त्री ज्वाला पुगेपछि भीड उत्तेजित हुँदा प्रहरीको गोली लागेर दुई जना युवाको ज्यान गएको ओलीको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘‘मान्छे मारिए किन रु मन्त्री त्यहाँ हुलमा गाडी लिएर किन जानुपरेको रु नगई नहुने त्यहाँ के पर्‍यो रु हुलमा गएर निहुँ खोजेर उत्तेजित बनाएर गोली चलाएर मान्छे मारिएको छ । यो सहज र सजिलो कुरा हो रु’’

अध्यक्ष ओलीले आफ्नो पार्टीले राष्ट्रियताको प्रश्न, मुलुकको सुशासन, समृद्धि र विकासको प्रश्नमा राजनीतिक दलहरुसँग मेलमिलाप गरेर अघि बढ्न चाहेको दोहोर्‍याउनुभयो ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ८ : ४८ बजे