७ असार २०८२, शनिबार | Sat Jun 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कोशी


पाथीभरा क्षेत्रमा भारी हिमपात



पूर्वपहाडी जिल्ल ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरासहित आसपास क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै त्यस क्षेत्रमा चिसो अत्यधिक बढेर जनजीवन प्रभावित बनेको छ ।

पाथीभरा धाम ३ हजार ७ सय ९४ मिटर उचाइमा अवस्थित छ । यहाँ सामान्यतया हरेक वर्ष यो मौसममा चैतसम्मै बेला बेलामा हिमपात हुने गर्दछ ।

चिसो निकै बढेपछि पाथीभरा जाने तीर्थयात्रुहरुको सङ्ख्यामा कमी आएको छ । पाथीभरा दर्शन र पूजा अर्चना गर्न जाने सीमित सङ्ख्याका तीर्थयात्रीहरू चिसो बढेपछि प्रभावित भएका छन् ।

सामान्यतया यो बेला अरू समयमा भन्दा केही कम तीर्थयात्रीहरू आउने गरेको ताप्लेजुङ सदरमुकाम फुङलिङका अशोक खतिवडाले बताए । पाथीभरा जाने मार्गको ३ हजार १ सय मिटर उचाइमा पर्ने माथिल्लो फेदीदेखि नै हिमपात भएको उनको भनाइ छ ।

पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार मन्दिर क्षेत्रमा बाक्लो हिउँ परेको छ । आसपासका बस्तीहरूमा पनि सामान्य हिउँ परेको उनले बताए ।

अबका केही सातासम्म पाथीभरा क्षेत्रमा हिमपात हुन्छ । यसका साथै आसपासका गाउँ बस्ती पनि हिउँमय हुने गरेका छन् । हिमपात भएपछि बाटो चिप्लो हुने गरेकाले तीर्थयात्रुहरु जाने क्रम यो बेला निकै कम हुने गरेको स्थानीय दुर्गा खनालले बताए । रासस

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ७ : ४७ बजे