२० कार्तिक २०८२, बुधबार | Thu Nov 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


सइई परीक्षा चैत १५ गतेबाट



यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० चैत १५ गतेबाट सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आइतबार बसेको बैठकले एसइईको परीक्षा चैत १५ देखि २७ गतेसम्म गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो ।

उहाँका अनुसार चैतको पहिलो हप्ता एसइई परीक्षा सुरु गर्ने योजना रहे पनि होली पर्व परेका कारण चैत दोस्रो हप्ताबाट परीक्षा सुरु गर्ने निर्णय भएको हो । उहाँले भन्नुभयो, “चैत पहिलो हप्ताबाट परीक्षा सुरु गर्ने योजनामा थियौ, तर होली पर्व पर्ने र सोभन्दा अघि परीक्षा नसकिने भएकाले चैत १५ गतेबाट एसइई परीक्षा गर्ने निर्णय गरेका छौँ ।”

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ७ : २५ बजे