नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई अविकासबाट विकासतिर, पछौटेपनबाट सम्पन्नतातिर, अव्यवस्थाबाट सुव्यवस्थातिर लैजाने उद्देश्यमा एकतावद्ध हुन सवैमा आह्वान गर्नुभएको छ ।
वसन्त पञ्चमी (श्रीपञ्चमी) तथा सरस्वती पूजाको अवसरमा आज शुभकामना दिँदै अध्यक्ष ओलीले यस्तो आह्वान गर्नुभएको हो । नेकपा (एमाले) नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने नेतृत्वदायी पार्टी हो ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ हामी नेपालीहरुको साझा राष्ट्रिय आकाङ्क्षा हो र नेकपा (एमाले)ले यसलाई आफ्नो गन्तव्य बनाएको छ । यस उद्देश्यलाई प्राप्तगर्न स्पष्ट दूरदृष्टि, तदनुसारका नीति र कार्यक्रमहरु एवं तीनीति र कार्यक्रमहरुलाई कार्यान्वयन गर्न क्षेत्रगत कार्ययोजना र आवधिक लक्ष्यहरु सहित नेकपा (एमाले) अघि बढिरहेको छ,’ ओलीले भन्नुभएको छ, ‘देशलाई अविकासबाट विकासतिर, पछौटेपनबाट सम्पन्नतातिर, अव्यवस्थाबाट सुव्यवस्थातिर लैजाने हाम्रो यस उद्देश्यमा एकतावद्ध हुन म सबैमा आह्वान गर्दछु ।’
अध्यक्ष ओलीको शुभकामनाको पूर्णपाठ
वसन्त पञ्चमी (श्रीपञ्चमी) तथा सरस्वतीपूजाको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । प्रज्ञा प्रकाशको प्रतीकका रुपमा सरस्वती पूजा गरी वैदिक कालदेखि नै मनाईंदै आएको यस पर्वका अवसरमा काव्यविनोदीः स्रष्टा, सर्जक, साहित्य, संगीत रकला साधकतथा ज्ञानका अध्येताहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
यस दिनलाई स–साना बालबालिकाको अक्षरारम्भ गर्ने दिवसका रुपमा पनि लिइन्छ । वेदाङ्ग ज्योतिष कालदेखि सनातन रुपमा मनाईंदै आएको यस पर्वको सम्बन्ध प्राकृतिक काल विभाजनसँग पनि रहेको छ । जसअनुसार एक वर्षलाई ६ वटा ऋतुमा विभाजन गरी माघ शुक्ल पञ्चमीलाई वसन्त ऋतुको आरम्भका रुपमा लिइएको छ । वसन्त ऋतुलाई श्रृष्टिकारक तथा मनोविनोदको ऋतुका रुपमा पनि लिइन्छ । वसन्त सुरु भएपछि फूलहरूमा बहार आउँछ, पुष्पसुगन्ध फैलिन्छ, रुखहरुमा पालुवा पलाउन थाल्छ र मानिस, चराचुरुङ्गी र रंगीन पुतलीहरुको मन फुरुङ्ग हुन्छ भन्ने विश्वास छ ।
सरस्वतीलाई विद्याकी देवीका रुपमा पूजा गर्ने हाम्रो प्राचीन ज्ञान शास्त्रीय परम्परा छ । जहाँ ज्ञानलाई प्रकाशमा निएको छ र प्रकाशको उपस्थितिले अन्धकार, भय र अज्ञानता हट्ने उल्लेख छ । वैदिक मान्यताअनुसार सरस्वतीका शब्दलाई ब्रह्म, अक्षरलाई अनन्त र यन्त्रलाई नादको स्रोत मानिन्छ । उनको वीणाबाट ब्रह्माण्डमा स्वर, संगीत, ताल र लयको, शब्दबाट ज्ञानको र अक्षरबाट भावको उत्पत्ति भएको मानिन्छ । सभ्यताको विकासक्रमसँगै सरस्वतीलाई बौद्धमार्गीहरुले मञ्जुश्रीका नामले समेत पूजा गर्ने गरेका छन । असलवा खरावको पहिचान गर्ने प्रकाशमय बुद्धि, संयम र विवेकको प्रतीकका रुपमा सरस्वतीलाई लिइन्छ ।
नेकपा (एमाले) नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने नेतृत्वदायी पार्टी हो । ‘समृद्ध नेपाल, सुखी नेपाली’ हामी नेपालीहरुको साझा राष्ट्रिय आकाङ्क्षा हो र नेकपा (एमाले)ले यसलाई आफ्नो गन्तव्य बनाएको छ । यस उद्देश्यलाई प्राप्तगर्न स्पष्ट दूरदृष्टि, तदनुसारका नीति र कार्यक्रमहरु एवं तीनीति र कार्यक्रमहरुलाई कार्यान्वयन गर्न क्षेत्रगत कार्ययोजना र आवधिक लक्ष्यहरु सहित नेकपा (एमाले) अघि बढिरहेको छ । देशलाई अविकासबाट विकासतिर, पछौटेपनबाट सम्पन्नतातिर, अव्यवस्थाबाट सुव्यवस्थातिर लैजाने हाम्रो यस उद्देश्यमा एकतावद्ध हुन म सबैमा आह्वान गर्दछु ।
समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गरेर जनताको जीवनमा खुशीभर्न हामीले समाजलाई असल नैतिक मूल्यमा उठाउनु पर्नेछ । त्यस्तो सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक छ । ज्ञानकी प्रतीक मानिने सरस्वतीको जन्मजयन्तीका रुपमा मनाइने वसन्त पञ्चमीका अवसरमा समस्त दिदीबहिनी–दाजुभाइहरुमा त्यस्तो प्रज्ञाप्रकाश प्राप्तहुन सकोस, वसन्त पञ्चमीको हार्दिक शुभकामना ।
प्रतिक्रिया