६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


लुभु प्रहरीबाट गोलीसहित चार जना पक्राउ



प्रहरी प्रभाग लुंभु ललितपुरले चार जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग लुभुका इन्चार्ज प्रहरी नायव निरिक्षक सन्तोषकुमार बुढाथोकीको टोलीले व्राउन सुगर र दुई थान पेस्तोलको गोलीसहित ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका ७ का सुरेश उप्रेती, लायक लिम्बु, प्युठान घर भई भक्तपुर सिरुटार बस्ने मनोज थापा र भारत मघुवन घर भई सिनामंगल बस्ने सञ्जय मेहता रहेको इन्र्चाज बुढाथोकीले जनाएका छन । उनीहरुले विशेष सुचनाको आधारमा महालक्ष्मी नगरपालिका ७ नन्दकुमार कन्दंवाको घरबाट बिहिबार पक्राउ गरेको हो ।
१७ ग्राम व्राउन सुगर र दुई थान पेस्तोलसहित पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ९ : ४७ बजे